शुक्रबार, वैशाख २६, २०८२

नेपाल सुपर लिग : ललितपुर र धनगढीले अंक बाँडे

नेपालखोज २०८० मंसिर १६ गते २०:०६

काठमाडाैं । नेपाल सुपर लिगमा लगातार पहिला दुई खेलमा स्पष्ट जित निकालेको धनगढी एफसी बराबरीमा रोकिएको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढी ललितपुर सिटि एफसीसँग गोलरहित बराबरी खेल्दै अंक बाड्न बाध्य भयो ।

दुवै टोलीले गोलका अवसर पाए पनि सफल हुन नसक्दा दुबै टोलीले अंक बाँडेका हुन् । खेलको ११औं मिनेटमा ललितपुरले डी बक्स नजिकैबाट फ्रिकिक पाएको थियो । ललितपुरका ओमोलाजक करिमको फ्रिकिक प्रहारलाई धनगढीका गोलरक्षक मोहमद ताहाले पन्च गर्दै बाहिर पठाए ।

एनएसएलमा तेस्रो खेलसम्म धनगढी र ललितपुर अपराजित यात्रा कायम राख्न सफल भएका छन् । धनगढीको यो पहिलो बराबरी हो भने ललितपुरको दोस्रो बराबरी । शीर्ष स्थानमा रहेको धनगढीको ७ अंक भएको छ भने ललितपुरको ५ अंक । पोखरा थन्डर्सको पनि ३ खेलबाट ५ अंक नै छ ।

प्रतिक्रिया