शुक्रबार, वैशाख २६, २०८२

नेकपा एसकाे सचिवालय बैठक बस्दै, महाधिवेसनको मिति सार्ने तयारी

नेपालखोज २०८० मंसिर १८ गते ७:३७

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बस्दै छ । बैठक आलोकनगरस्थित, केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने छ।

आजकाे बैठकमा माघ १४ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशनको तयारी अन्तर पार्टी निर्देशन र राष्ट्रियसभाको निर्वाचनसहित समसमायिक राजनीतिक विषयमा छलफल गर्ने जनाइएकाे छ ।

नेकपा एसले एमालेबाट अलग भएपछि पहिलो अधिवेशन माघमा गर्ने भनेर मिति तय गरे पनि अध्यक्ष माधवकुमार नेपालले तयारी गर्न नसक्ने भन्दै सो महाधिवेसनको मिति सार्ने प्रस्ताव गर्ने जनाइएकाे छ ।

राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुने भएपछि माघ १४ गते हुने भनिएको महाधिवेसन सम्भवः नहुने भन्दै अध्यक्ष नेपालले त्यसको मिति सार्ने प्रस्ताव गर्ने जनाइएको छ ।

प्रतिक्रिया