मंगलबार, वैशाख १८, २०८१

पछिल्लाे २४ घण्टामा थप १ सय ४७ जनामा काेराेना पुष्टि, संक्रमणमुक्त हुनेकाे संख्या १ सय ५६

नेपालखोज २०७७ साउन ८ गते १६:२७

काठमाडाैं । नेपालमा बिहीबार थप  १ सय ४७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १८ हजार २ सय ४१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बताएका छन् ।

पछिल्लाे २४ घण्टा यता नेपालमा  १ सय ५६ जना काेराेनामुक्त भएका छन् । याेसँगै काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या  १२ हजार ८ सय ४० जना पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे हाे ।

त्यस्तै मंगलबार बेलुका वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचाररत् वीरगञ्ज निवासी ७० वर्षीय वृद्धको मृत्युपछि बिहीबार विहाना कोरोना संक्रमण पुष्टि भएको हो । हाल नेपाल काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४३ पुगेकाे छ ।

 

प्रतिक्रिया