सोमबार, असार १६, २०८२

भुटानी शरणार्थी प्रकरण : खाणको मुद्दामा आज सुनुवाइ हुँदै

नेपालखोज २०८० मंसिर २८ गते ९:१५

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई थुनामा राख्नेकी छाड्ने विषयमा आज सुनुवाइ हुने भएको छ । खाणलाई थुनामा राख्ने की छाड्ने भन्ने विषयमा सुनुवाइ हुन लागेको हो

यसअघि उच्च अदालत पाटनका न्यायाधीशहरु जनक पाण्डे र प्रकाह खरेलबीच खाँणलाई थुनामा राख्ने की धरौटीमा छोड्ने भन्ने विषयमा राय बाझिएको थियो ।

न्यायाशीश पाण्डेयले खाँणलाई ३० लाख धरोटीमा छोड्नु पर्ने राय दिएका थिए । उता न्यायाधीश खरेलले थुनामै राख्नु पर्ने राय दिएका थिए ।

दुवै न्यायाधीश हरुको राय बाझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार आज एकल इजलासमा सुनुवाइ गर्ने तय भएको बताइएको छ ।

आज सुनुवाइका लागि गोलाप्रथाबाट छानिएका न्यायाधीशले खाँणलाई साधारण तारिखमा छोड्ने की थुनामै राख्ने भन्नेबारे आदेश दिनेछन् ।

प्रतिक्रिया