राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज पनि बस्ने
नेपालखोज
२०८० पुष २ गते ७:३३

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ। हिजोदेखी काठमाडौंमा सुरू भएको उक्त बैठक आज पनि जारी रहने भएको हो ।
अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशा विषयमा ब्रिफिङ् गरेकाे पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।
उनका अनुसार अध्यक्ष लिङ्देनले राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने, सत्ता केन्द्रित नभई आम जनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक संघर्षलाई प्राथमिकता दिने पार्टीको कार्यनीति रहने, देशमा पूँजी निर्माण हुन नसकिरहेको अन्यौलपूर्ण अवस्थामा पनि सत्तापक्ष र प्रतिपक्ष समेत मिलेमतोमा कमाऊ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरेका छन्
सम्बन्धित
प्रतिक्रिया