सोमबार, असार १६, २०८२

तीनै तहका सरकारबीच सहकार्य हुन आवश्यक छ : मेयर बालेन

नेपालखोज २०८० पुष २ गते ११:३७

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले तीनै तहका सरकारबीच सहकार्य हुन आवश्यक रहेकाे बताएका छ्न् ।

ललितपुर महानगरपालिकाको १५ औं वार्षिक उत्सवलाई सोमबार सम्बोधन गर्दै साहले काठमाडौं उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा मेयर बालेनले भने, ‘काठमाडौं एक्लै बनेर पनि राम्रो देखिँदैन, ललितपुर एक्लै बनेर पनि राम्रो देखिँदैन । सबैलाई काठमाडौं एउटै हो भन्ने लाग्छ । ललितपुरमा आए पनि काठमाडौं आएजस्तो लाग्छ, काठमाडौं आए पनि ललितपुर आएजस्तो लाग्छ । त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकैचोटी हुनुपर्छ । कोही पहिलो, कोही दोस्रो, कोही तेस्रो भन्दा पनि हामी एकैचोटी अगाडि बढ्नुपर्ने देखिन्छ ।’

दुबै महानगरपालिकाको विकास सँगसँगै हुनका लागि संघीय सरकारले केही कानुनी अड्चनहरु फुकाइदिनुपर्ने पनि उनले बताए ।

प्रतिक्रिया