सोमबार, असार १६, २०८२

माओवादी झर्नु जति झरिसक्यो, तर हामी उठ्छौं : उपमहासचिव पुन

नेपालखोज २०८० पुष २ गते १२:२२

हेटौँडा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अब माओवादी कमब्याकाे चरणामा रहेकाे बताएका छन् ।

प्रेस सेन्टर नेपाल मकवानपुरले हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पुनले विभिन्न समयमा भएकाे टुटफूटबाट पार्टी जति झर्नुपर्ने थियो झरिसक्याे भन्दै अब कमब्याकाे चरणामा रहेकाे बताएका हुन् ।

उनले भने ‘हामीले संविधान बनाउन सकेनौँ, सेट ब्याक भो, त्यसपछि टुटफुट भो , एक पटक झरेपछि कम ब्याक गर्न समय लाग्छ, तर हामी उठ्छौं । माओवादी झर्नु जति झरिसक्यो।’

एमाले पनि २०५१ मा फुटेपछि पहिलो पार्टी बन्न १९ वर्ष लागेको बताउँदै पुनले माओवादी पनि त्यही लाइनमा रहेको बताए ।

प्रतिक्रिया