सोमबार, असार १६, २०८२

नेकपा एसको सचिवालय बैठक सुरु

नेपालखोज २०८० पुष २ गते १४:०७

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक काठमाडौंमा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि बैठक सुरु भएको हो ।

आजको बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने सो पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए । उनका अनुसार बैठक आज र भोलि सञ्चालन हुनेछ ।

गएको मङ्सिर २८ र २९ का लागि तय भएको उक्त बैठक नेताहरुको व्यस्तताका कारण पुस २ र ३ गते अर्थात् आज र भोलि बस्नेगरी सारिएको थियो ।

प्रतिक्रिया