सोमबार, असार १६, २०८२

माओवादीको पदाधिकारी बैठक बस्दै, यस्ताे छ एजेन्डा

नेपालखोज २०८० पुष ३ गते ८:१७

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक आज बस्दै छ । राष्ट्रियसभा सदस्यको निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा सरकार र गठबन्धनका विषयमा समेत छलफल हुने जनाइएकाे छ । माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले मंगलबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको जनाइएकाे छ ।

प्रतिक्रिया