श्रीलंकाका विदेशमन्त्री आज नेपाल आउँदै
नेपालखोज
२०८० पुष ४ गते ६:३८

काठमाडाैं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने नेपाल भ्रमणका लागि आज आउँदै छन् । परराष्ट्र मन्त्रालयले हिजाे विज्ञप्ति जारी गर्दै मन्त्री साब्रीको भ्रमणबारे जानकारी गराएको थियाे ।
उनी नेपाल-श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने जनाइएको छ ।
नेपाल–श्रीलंका संयुक्त आयोगको बैठक पुस ५ र ६ गते काठमाडौंमा हुँदै छ । बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले गर्ने छन् ।
सम्बन्धित
प्रतिक्रिया