मंगलबार, असार १७, २०८२

माओवादीको पदाधिकारी बैठक बस्दै

नेपालखोज २०८० पुष ५ गते ६:४९

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दै छ । हिजोका लागि बोलाइएको बैठक आज बस्न लागेको हो ।

बैठक बिहान ८ बजे बालुवाटारमा बस्नेछ । पदाधिकारी बैठक मंगलबारबाट सुरु भएको थियो । बालुवाटारमा मंगलबार बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यसूची पेस गर्दै समसामयिक विषयमा धारणा राखेका थिए ।

प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पार्टीका उपमहासचिव हरिबोल गजुरेलले प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएकोबारे बैठकलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया