त्रिविको परिक्षा तालिका फेरबदल गर्न नेविसंघको माग
काठमाडौं । त्रिभुवन विश्वविद्या लयलगायत विश्वविद्यालयहरूले भदौ पहिलो सातादेखि परीक्षा गर्ने गरी कार्यतालिका प्रकाशित गर्न थालेपछि नेविसंघले कार्यतालिका फेरबदल गर्न माग गरेको छ ।
कोरोना महामारी नसकिएको र बाढी पहिरोलगायत समस्या रहेकोले विद्यार्थी परीक्षा केन्द्रसम्म पुग्न नसक्ने भन्दै नेविसंघले परीक्षा कार्यतालिका फेरबदलको माग गरेको हो ।
नेविसंघ अध्यक्ष राजिब ढुंगानाले आज विज्ञप्ति जारी गर्दै व्यवहारिक समस्यालाई ध्यान दिँदै परीक्षा कार्यतालिका सार्नुपर्ने उल्लेख गरेका छन् ।
भदौ १ देखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारले बताएका बेला त्रिवि लगायतले भदौ ७ गतेदेखि नै परीक्षा सुरू गर्ने गरी कार्यतालिका सार्वजनिक गरेकोमा नेविसंघले त्यो व्यवहारिक नहुने बताएको छ । कोरोना महामारी सामान्य भएपछि मात्रै परीक्षा सञ्चालन गर्न नेविसंघले माग गरेको छ ।
प्रतिक्रिया