संघीयता कार्यान्वयनका लागि सातवटै मुख्यमन्त्रीले संघ सरकारलाई गराए ध्यानाकर्षण
नेपालखोज
२०८० पुष १४ गते १०:०१

काठमाडाैं । संघीयता कार्यान्वयनका लागि सातवटै प्रदेशका मुख्यमन्त्रीले संघ सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनका लागि ध्यानाकर्षण गराएका हुन् ।
प्रदेश सरकारको दोस्रो कार्यकालको पनि एक वर्ष पुग्न लाग्दा संविधानले दिएको अधिकार संघले नदिएको भन्दै प्रदेश ससरकारको नेतृत्वले असन्तुष्टि जनाउँदै आएको छ ।
तत्काल प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन, प्रदेश सरकारका कार्यालयहरू रहेको भवन र भवन परिसरका जग्गाको स्वामित्व प्रदेश सरकारलाई हस्तान्तरण गर्न, संघबाट कर्मचारी पठाउँदा प्रदेशको सहमतिका आधारमा पठाउने व्यवस्था गर्न प्रदेश सरकारहरूको माग छ ।
सम्बन्धित
प्रतिक्रिया