भरूवा बन्दुकसहित २ जना पक्राउ
नेपालखोज
२०८० पुष १६ गते १२:३५

तनहुँ । भानु नगरपालिका–८ देउरालीटारस्थित जंगलबाट भरूवा बन्दुक, बारूद करिब २ सय ग्राम र बन्दुकमा लाग्ने केभ ७ थानसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५८ वर्षीय विष्णु हरि लोहनी र ७५ वर्षीय लक्ष्मण भुजेल रहेका छन् । प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया