शनिबार, जेठ ४, २०८२

रुसी सेनामा भर्ना भएका थप ३ जना नेपालीको मृत्यु

नेपालखोज २०८० पुष १७ गते १७:०१

काठमाडौं । रुसी सेनामा भर्ना भएका  थप तीन जना नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले थप तीन नेपालीको मृत्यु भएको सूचना आफूहरुलाई प्राप्त भएको बताए ।

मृत्यु हुने स्याङ्जाका हरिप्रसाद अर्याल,धार्दिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाहको रहेका छन् ।

योसँगै रुसी सेनामा भर्ना भइ मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया