शनिबार, जेठ ४, २०८२

धनगढीमा माघदेखि सुर्ती र मदिरा बिक्रीमा रोक

नेपालखोज २०८० पुष १७ गते १८:००

धनगढी । धनगढी उपमहानगरपालिकाले अगामी माघदेखि नगर क्षेत्रमा सुर्ती र मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सूचना जारी गर्दै माघ १ गतेदेखि नगर क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने उल्लेख गरेका छन् ।

धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन, २०७७ को दफा ३० (१) मा ‘सुर्ती तथा मदिराजन्य पदार्थ बिकी वितरणको लागि उपमहानगरपालिकाबाट छट्टै अनुमति लिनु पर्ने’ र सोही ऐनको दफा ३० (२) मा ‘खाद्यपदार्थ बिकी गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न बन्देज लगाइनेछ’ उल्लेख छ ।

उक्त सूचनामा माघ १ गतेदेखि चुरोट, बिंडी, सिगार, तमाखु, सुल्फा, कंकड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न नगराउन भनी उल्लेख गरिएको छ ।

प्रतिक्रिया