शनिबार, जेठ ४, २०८२

९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

नेपालखोज २०८० पुष १९ गते ८:१८

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएका थप नौ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ ।

विभिन्न सार्वजनिक निकायहरुबाट कालोसूचना राखिदिन सिफारिस भएपछि सुरुमा ३० दिनको मौका दिएर स्पष्टीकरण माग गरिएकोमा सो समयअवधि गुजारेपछि अहिले थप ७ दिने स्पष्टीकरण मागिएको छ ।

स्पष्टीकरण मागिएकाहरुमा हरिदेव पाण्डे मुख्य व्यक्ति रहेको पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौं, वेगेन्द्रजंग वर्मशाखा मुख्य व्यक्ति रहेको न्यू भेरी इन्जिनियरिङ वर्कसप सुर्खेत लगायत छन् ।

पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्सलाई पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले र न्यू भेरी इन्जिनियरिङ वर्कसपलाई कुमाख गाउँपालिका सल्यानले कालोसूचीमा राखिदिन सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई सिफारिस गरेका छन् ।

प्रतिक्रिया