माइतीघरबाट डा. केसी पक्राउ

काठमाडौं । चारबुँदे माग राख्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
डा. केसीले विगतमा भएका सहमति पालना गनुपर्ने, निषेधित क्षेत्र हटाउनुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया तत्काल टुंगोमा पुर्याउनुपर्ने र चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अगाडि बढाउनुपर्ने माग अघि सारेका छन् ।
मुखमा टेप लगाएका उनले हातमा आफ्ना मागहरु राखिएको प्ले कार्ड बोकेका थिए । तर निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । केसी सहित पवन थापा लगायत युवा अभियन्ताहरु प्रहरी नियन्त्रणमा छन् ।
केसीले माइतीघरमा निषेधाज्ञा लगाएर प्रधानमन्त्री प्रचण्ड लगायत सत्ता गठबन्धनले मानव अधिकारको ठाडो उल्लंघन गरी लोकतन्त्र र देशको संवैधानिक व्यवस्थाको खिल्ली उडाई रहेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिक्रिया