धनुषाधाममा एकमहिने मकर मेला
नेपालखोज
२०८० माघ २ गते ९:५३

धनुषा । धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा एकमहिने मकर मेला सुरु भएको छ । हरेक वर्ष माघ महिनाको प्रत्येक आइतबार र मंगलबार उक्त मेला लाग्छ ।
धनुषाको उत्तर–पूर्वी क्षेत्रमा ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्त्व बोकेको धनुषाधामको मकर मेला भर्न नेपालसहित सीमावर्ती भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा भक्तजन आउने गरेका स्थानीय नित्यानद मण्डलले बताए ।
त्रेतायुगमा राजा जनकले छोरी सीताको विवाहका निम्ति आयोजना गरेको स्वंयम्बरमा भगवान् रामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र धनुषको मध्य टुक्रा धनुषाधाममा झरेको धार्मिक मान्यता रहिआएको छ । यहाँ धनुषबाबाको मन्दिर निर्माण गरिएको छ । जनकपुरधामबाट करिब १९ किलोमिटर उत्तर–पूर्वमा धनुषाधाम अवस्थित छ । रासस
सम्बन्धित
प्रतिक्रिया