१९९० सालको महाभूकम्पको त्रासदीको सम्झना

८८ वर्ष अगाडि बि.सं. १९९० माघ २ गते दिउसो २ बजेर २४ मिनेट २२ सेकेन्ड जाँदा काठमाडाैमा गएको भुकम्पको केन्द्र बिन्दु बिहारको सितामढी देखी नजिकै थियो । ८५१९ जना मानिसको मृत्यु भएको सो भुकम्प नेपाली ईतिहासमा भयावह ठुलो घटना थियो । यस महाभूकम्पमा सबैभन्दा धेरै काठमाडौ उपत्यकामा मात्र ४२९६ जनाको मृत्यु भएको थियो । त्यस्तै पूर्वी पहाडमा ३९७४, पश्चिमा पहाडमा ६५ र पूर्वी मधेसमा १८४ जनाको मृत्यु भएको थियो । यसैगरि केही वर्ष अगाडी २०७२ को भूकम्पमा ८५५६ जनाको मृत्यु भएको थियो ।
त्यती बेला जुद्धशम्शेर पश्चिम नेपालमा शिकारमा गएका थिए भने राजा त्रीभुबन नागार्जुनमा हुनुहुन्थ्यो । धेरै जसो जनरल जुद्ध शम्शेरको साथ गएकोले कामु प्रधान मन्त्री रहेका रुद्रशम्शेरलाई सम्पुर्ण ब्यबस्था मिलाउन निकै कठिन भएको थियो ।
राजधानी उपत्यकामा ५५७३९ घरमा क्षति पुगेको थियो । टुडिखेल र भन्डारखालमा सरकारले पाल लगाइ दिए भने अन्य खाली जमीनमा बास र खरको छाप्रो बनाउन निशुल्क उपलब्ध गराइए । नेपालमा पहिलो पटक २५०००० थान कर्कटपाता पनि सरकारले मगाइ सस्तोमा जनतालाई उपलब्ध गराइयो । नेपालमा सिमेन्ट पनि पहिलो पटक १९९० काे भुकम्प पछी नै नेपाल भित्रीयो । पानी, बिजुली र रोप वे जस्तो महत्व पूर्ण सबैभन्दा पहिले खुल्यो । माघ ७ गते बल्ल टेलिफोन सुचारु भए पछी भारतमा नेपालको भुकम्पको जानकारी पुग्यो र त्यहाँ भएको घटनाको जानकारी बल्ल पाए ।
श्री ३ जुद्धले माघ ६ गते समाचार पाए पछी माघ ९ गते काली किनारमा मृतआत्माको शान्तीको लागी १००० गाइ दान गरी बिभिन्न कठिनाई पछी माघ २२ मा काठमाडौं पुगे । त्यस पछी भुकम्प पिडितोद्धारक सस्था खोली निर्ब्याजी रुपमा रकम उपलन्ध गराए । जुन पछी सबै लाई रिन माफी पनि गराए । भने कर्मचारी सबैलाई ४ महिनाको तलब पेश्की दिएका थिए ।
त्यस बेला पश्चिम ३ नं. पोखरामा भुकम्पको आवाज ठुलो भए पनि खासै असार गरेन । केवल एक घर मात्र भत्केको थियो । मानिस र बस्तु भाउको नोक्सान भएन ।
प्रतिक्रिया