बिहीबार, असार १९, २०८२

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

नेपालखोज २०८० माघ ३ गते ८:०२
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालयमा बस्ने छ । आजकाे बैठकले पार्टीको आर्थिक तथा प्रशासनिक नियमावली पारित गर्ने जनाइएकाे छ ।

बैठकले सभापति रवि लामिछानले यसअघि गरेको नारायणगढ–बुटवल पदयात्राको समीक्षा गर्नेछ भने पार्टीका तर्फबाट अब गर्ने भनिएको २१ वटा आयोजनाहरूको पैदलयात्राको सम्बन्धमा समेत निर्णय गर्ने छ ।

त्यस्तै, बैठकमा विभागीय कार्यसञ्चालन नियमावली, केन्द्रीय अनुशासन आयोगले प्रस्ताव गरेको आचार संहिता, घरदैलो कार्यक्रमको रिपोर्टलगायतका विषयमा समेत छलफल हुने जनाइएकाे छ ।

प्रतिक्रिया