शुक्रबार, असार २०, २०८२

आजकाे माैसम : वर्षा र हिमपातको सम्भावना

नेपालखोज २०८० माघ ४ गते ६:४६

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । साथै देशको तराईका अधिकांश भू-भागमा हुस्सुरकुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । पहाडी  भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । 

विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई  स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया