सुनकाे भाउ ७०० रुपैयाँले घट्याे
नेपालखोज
२०८० माघ ४ गते ११:५४
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको । तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया