शुक्रबार, असार २०, २०८२

पश्चिमी वायुको आंशिक प्रभाव, हिमपातको सम्भावना

नेपालखोज २०८० माघ ७ गते ६:४९

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै देशको तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया