आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
नेपालखोज
२०८० माघ ७ गते १४:२१

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–५ किसान चोक बस्ने प्रताव तामाङको किराना पसलमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
जुम्लाको चन्दननाथ नगरपालिका–५ चन्दननाथ भैरबनाथ मन्दिरको भवनमा रहेको सोही नगरपालिका–१ आचार्यवाडा बस्ने काशिराम भण्डारीको चन्दननाथ कोसेली घरमा गएराति आगलागी हुँदा कोसेली घर पूर्णरुपमा जलेर नष्ट भएको छ । साथै आगलागीबाट सँगै जोडिएको उद्योग वाणिज्य संघ जुम्लाको कार्यालय भवनमा समेत आंशिक रूपमा क्षति भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया