शुक्रबार, वैशाख १२, २०८२

मोटरसाइकल दुर्घटनामा मृत्यु

नेपालखोज २०८० माघ ८ गते ९:३९

रामपुर (पाल्पा) । पाल्पाको रम्भा गाउँपालिका– १ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४प३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति एक युवकको मृत्यु भएको छ ।

मृत्युहुनेमा रम्भा–१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक एवं प्रवक्ता श्रीराम भट्टले जानकारी दिए । मोटरसाइकल सडकदेखि करिब दुई सय मिटर तल खसेको जनाइएको छ । शव परीक्षण लागि रामपुर अस्पताल लगिएको छ ।

प्रतिक्रिया