युरो एकको खरिददर १४४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९९ पैसा
नेपालखोज
२०८० माघ ९ गते ८:४६
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९९ पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६९ रुपैयाँ २७ पैसा रहेको छ ।
आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ३६ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ५२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

सम्बन्धित
प्रतिक्रिया