मंगलबार, असार ३, २०८२

काठमाडौंमा बुधबार थप १४ जनामा काेराेना देखिएसँगै संक्रमित संख्या ३ सय ५०

नेपालखोज २०७७ साउन १४ गते १६:४९

काठमाडाै‌ । बुधबार काठमाडौं जिल्लाकाे १४ र भक्तपुरमा १ जना गरि उपत्यकामा १५ व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएकाे छ ।

याेसँगै उपत्यकामा ४ सय ९१ जनामा पुगेका छन् ।  जसमा ३ सय ५० काठमाडौंमा, ९० ललितपुरमा र ५१ भक्तपुरमा संक्रमितहरु रहेका छन् ‌।

बुधबार देशभर २ सय १० संक्रमित थपिएका छन् ।  योसँगै कूल संक्रमितकोे संख्या १९ हजार २ सय ७३ पुगेको स्वास्थ्य मन्त्रालयका मन्त्रालयका  प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा हालसम्म निको हुनेको संख्या १४ हजार २१ पुगेको छ भने काेराेनाबाट ज्यान गुमाउनेकाे स‌‌ख्या ४९ पुगेकाे छ ।

प्रतिक्रिया