राष्ट्रपतिले गरे २२ माघमा संसद बैठक आह्वान
नेपालखोज
२०८० माघ १० गते १७:५४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २२ माघको दिउँसो ४ बजे संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका छन् ।
मंगलबार मन्त्रिपरिषदले सिफारिस गरे अनुसार उनले २२ माघको दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाएका हुन् ।
संसद अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
सम्बन्धित
प्रतिक्रिया