शनिबार, असार २१, २०८२

केशरमहलको पुनर्निर्माण माघ मसान्तभित्र सकिने

नेपालखोज २०८० माघ ११ गते १६:४२

काठमाडौं । करिब ४ वर्षपछि केशरमहल पुनर्निर्माण सम्पन्न हुन लागेको छ । २०७६ मंसिरदेखि केशरमहलको पुनर्निर्माण सुरू गरिएको निर्माण कम्पनीले जनाएको छ ।

पुनर्निर्माणको जिम्मा पाएको खानी निर्माण सेवाका आयोजना व्यवस्थापक नरकान्त सापकोटाले माघ मसान्तभित्र निर्माण सकिने र फागुनको पहिलो वा हप्ताभित्र सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको बताए ।

ढल व्यवस्थापन, रङ्गरोगन तथा सरसफाईको काम भइरहेको छ । २०७२ सालको भूकम्पले भवन क्षतिग्रस्त बनेको हो । भ्याट बाहेक ५९ करोडमा पुनर्निर्माण भइरहेको केशरमहलमा लामो समय शिक्षा मन्त्रालय रहेको थियो ।

केशरमहलमा शिक्षा मन्त्रालय करिब ३९ वर्ष रहेको थियो । सिंहदरबारमा भएको शिक्षा मन्त्रालय वि.सं. २०३० सालमा सिंहदरबारमा आगलागी भएपछि केशरमहलको केशर पुस्ताकालय भएको भवनमा सारिएको थियो ।

प्रतिक्रिया