विकास– निर्माणका काममा सरकार असफल भएको महासचिव पोखरेलको आरोप
नेपालखोज
२०८० माघ १३ गते ११:५४
गलकोट । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले विकास–निर्माणका काममा वर्तमान सरकार असफल भएको आरोप लगाए ।
नेकपा (एमाले) बागलुङले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटमा महासचिव पोखरेलले वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाए ।
उनले राजश्व सङ्कलनमा सरकारले ध्यान नदिँदा कर्मचारीलाई मासिक तलब उपलब्ध गराउन कठिन परिस्थिति उत्पन्न भएको बताए ।
आफू सम्बद्ध दल जनतामाझ लोकप्रिय रहेको दाबी गर्दै उनले पार्टी सङ्गठनलाई भने रूपान्तरण गर्दै लैजाने नीति रहेको बताए । राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न उहाँले कार्यकर्ताहरुलाई आग्रह गरे । रासस
सम्बन्धित
प्रतिक्रिया