नेपालीलाई कुवेत प्रवेशमा रोक
नेपालखोज
२०७७ साउन १६ गते १०:११
काठमाडौं । कुवेत सरकारले नेपालसहित सात देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ। नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सबाट जाने नागरिकलाई प्रवेशमा रोक लगाएको हो।
कुवेतमा झण्डै ७० हजार नेपाली कार्यरत छन्। कोरोना संक्रमण नियन्त्रणको लागि यस्तो निर्णय गरिएको कुवेत सरकारले जनाएको छ।
कुवेतमा १ अगस्टदेखि व्यवसायिक उडान सञ्चालन हुँदैछन्। उडान खुले पनि नेपालसहित सात देशका नागरिकलाई आफ्नो देश प्रवेश नदिइने कुवेत सरकारले जनाएको छ।
सम्बन्धित
प्रतिक्रिया