बुधबार, जेठ १, २०८२

हुम्ला जिल्लाका विद्यालयहरूमा पठनपाठन सुरु

नेपालखोज २०७७ साउन १६ गते १८:३७

हुम्ला । हुम्ला जिल्लाका तीन गाउँपालिकाका ५१ विद्यालयहरूमा पठनपाठन सुरु भएको छ । हुम्लामा कोरोना संक्रमणको त्रास कमी हुन थालेपछि गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लका अनुसार ताँजाकोट गाउँपालिकासहित उत्तरी नाम्खा र दक्षिणतिरका खार्पुनाथ गाउँपालिकाका गरी ५१ विद्यालयमा पठनपाठन सुरु भएको छ ।

अध्यक्ष मल्लले सामाजिक दूरी कायम गरी विद्यालयमा पठनपाठन सुरु गरिसकेको जानकारी दिए । उनकाअनुसार क्वारेन्टाइनका रूपमा प्रयोग गरिएका सबै विद्यालय निर्मलीकरण गरेर पठनपाठन सुचारु गरिएको छ ।

उता झापा जिल्लामा पनि अहिले शिक्षकलाई टोलटोलमा खटाई विद्यार्थीलाई पढाउँदै आएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय मुस्ताङले विद्यालयमा पठनपाठन थाल्ने विषयमा छलफल गरिरहेको छ ।

प्रतिक्रिया