सोमबार, असार २३, २०८२

आजको मौसम : छिटपुट वर्षा, हिमाली भु–भागमा हिमपात हुनसक्ने

नेपालखोज २०८० फागुन १४ गते ६:२२

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । जसका कारण मौसममा आंशिकदेखि सामान्य बदलीसम्म हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । केही भागमा छिट्फुट वर्षाको सम्भावना छ ।

बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यस्तै आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

प्रतिक्रिया