सोमबार, असार १६, २०८२

उपत्यका छिर्ने तीनवटै नाकामा हेल्थ डेस्क राख्ने सरकारको तयारी

नेपालखोज २०७७ साउन १७ गते १८:३३

काठमाडौं । उपत्यका बाहिरबाट आउने धेरैजसोमा कोरोना भाइरस (कोभिड(१९) देखिन थालेपछि सरकारले काठमाडौं उपत्यका छिर्ने तीनवटा मुख्य नाकामा हेल्थ डेस्क राख्ने तयारी गरेको छ ।

उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम बढेको र नाकाबाट आउनेहरुको स्वास्थ्य निगरानी गर्नैपर्ने भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ डेस्क राख्ने तयारी गरेको हो ।

मन्त्रालयका अनुसार काठमाडौंको थानकोट नागढुंगा नाका, फर्पिङ नाका र भक्तपुरको साँगा भन्ज्याङ नाकामा हेल्थ डेस्क राख्ने तयारी अघि बढाएको छ ।

हाल यी नाकामा कोरोना स्क्रिन मात्रै हुँदै आएको र अब हेल्थ डेस्क नै राख्ने तयारी भएको मन्त्रालयलका सह प्रवक्ता डा. समीर अधिकारीले बताए । नाका स्थापना गरिसकेपछि यात्रुको सामान्य स्वास्थ्य जाँच गर्ने र कोरोना शंकास्पद तथा लक्षण देखिएकाहरुलाई छुट्टै राखेर आइसोलेसनमा पठाउनेसम्मको योजना बनाइएको छ ।

प्रतिक्रिया