इन्धनको मूल्य वृद्धि
नेपालखोज
२०७७ साउन १७ गते २१:०६
काठमाडौं । इन्धनको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमकाअनुसार शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २ रुपैयाँले इन्धनको मूल्य बढेको हो।
निगमले अब प्रतिलिटर पेट्रोल १०४, डिजेल ९० र मट्टितेल ९० रुपैयाँ पर्ने जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले नेपालमा सोहीअनुसार मूल्य समायोजन गर्न भाउ बढाएको निगमले जनाएको छ।
सम्बन्धित
प्रतिक्रिया