आइतबार, असार २२, २०८२

एमाले सचिवालय बैठक

नेपालखोज २०८० फागुन २१ गते १०:२०

भक्तपुर । नेकपा (एमाले)ले वर्तमान सत्ता गठबन्धन टुटेमा एमाले नयाँ ढङ्गले अगाडि बढ्न तयार रहेको निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आज आकस्मिक रुपमा बसेको पार्टीको सचिवालय बैठकले सो निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीसंग कुराकानी गदै एमाले नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन टुटाउन तयार भए एमाले नयाँ ढङ्गले अघि बढ्न तयार रहेको बैठकले निष्कर्ष निकालेको बताए ।

उनले भने, ‘सत्ता गठबन्धन सङ्कटमा परेको देखियो, प्रधानमन्त्री के गर्नुहुन्छ, त्यो उनको कुरा हो, उनी माथि भर पर्छ । गठबन्धन टुटाउन उनी तयार भयो भने हामी नयाँ ढङ्गले छलफल गर्न तयार छौँ ।’

प्रधानमन्त्रीसँग नयाँ ढङ्गले छलफल गर्न सकिने बैठकले निर्णय गरेको उनले जानकारी दिए । यसैबीच एमाले बैठक सम्पन्न भएलगत्तै बालकोटमा एमाले अध्यक्ष ओली र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच छलफल भइरहेको छ ।

अध्यक्ष ओलीसँग छलफल गर्न राउत बालकोट पुगेका हुन् । अध्यक्ष ओली र राउतबीच वर्तमान राजनीतिक घटनाक्रमका बारेमा छलफल जारी रहेको अध्यक्ष ओलीका प्रेस संयोजक रामकृष्ण बजगाईले जानकारी दिए ।

प्रतिक्रिया