बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाउने क्यानको तयारी
नेपालखोज
२०७७ साउन १८ गते २०:३९
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले कोरोना महामारीपछि पहिलो पटक राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाउने तयारी गरेको छ ।
क्यानले राष्ट्रिय क्रिकेट टोलीलाई भदौ १ देखि प्रशिक्षणमा राख्ने तयारी गरिरहेको छ । त्यसअघि साउन २७ वा २८ मा सबै खेलाडी र मैदानका कर्मचारीको पिसिआर परिक्षण पनि हुने क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले जानकारी दिए ।
६ महिनापछि क्यानले राष्ट्रिय टोलीलाई बन्द प्रशिक्षणमा बोलाउन लागेको हो । आइसिसी विश्वकप लिग–२ का खेलहरु तोकिएकै समयमा हुने सम्भावना कम भएपनि खेलाडीहरुलाई लयमै राख्न प्रशिक्षणमा बोलाउन लागिएको हो ।
सम्बन्धित
प्रतिक्रिया