शुक्रबार, असार २०, २०८२

तीब्र उतारचढावकाबीच नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम १८ अर्ब ९० करोड रुपैयाँमा सीमित

नेपालखोज २०८१ भदौ ५ गते १७:२३

काठमाडौं । तिब्र उतारचढावकाबिच नेप्से सामान्य अंकले बढेको छ । साताको चौंथो कारोबार दिन आज बुधबार सुरुवाती समयमा नेप्से उच्च अंकले घटेको थियो । त्यसपछि भने सम्हालिंदै आएको नेप्से अन्तिम समयसम्म आईपुग्दा दुई दशमलव ११ अंकले बढेर २९ सय ६८ दशमलव ४४ पुग्न सफल भएको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २५ अंकले बढेर पाँच सय ३० दशमलव ११ अंकमा कायम भएको छ । नेप्सेमा आज तीन सय ३७ वटा कम्पनीहरुको दुई लाख १४ हजार तीन सय १९ पटक शेयर किनबेच भएको छ । जसबाट चार करोड १४ लाख ५४ हजार छ सय ११ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार सात सय ९२ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, लगानी र अन्य सुचक बढेर हरियो देखिए पनि जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक भने घटेर रातो देखिएका छन् ।

नेप्सेमा आज कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स फार्ईनान्स लिमिटेड, मल्टीर्पोस फाईनान्स आदिको शेयर मुल्य उच्चरुपमा बढेपनि कर्र्णाली बिकास बैंक, मातृभुमी बिकास बैंक आदिको शेयर मुल्य भने उच्चरुपमा घटेका छन् । हिमालयन रि इन्स्योरेन्स कम्पनी, ङादी ग्रुप पावर लिमिटेड, अपी पावर लिमिटेड आदिको भने आज सबैभन्दा बढी रकम कारोबार भएका छन् ।

प्रतिक्रिया