प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १०.५२% लाभांश दिने
नेपालखोज
२०८१ भदौ ९ गते १३:४१

काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर धनीलाई लाभांश घोषणा गरेको छ ।
भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बराबर बोनस सेयर तथा कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश समेत गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
नेपाल बिमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। यसका साथै सोही बैठकले ७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय समेत गरेको छ । १० प्रतिशत लाभांश प्रस्ताव कम्पनीको चुक्ता पुँजी ४ अर्ब ७२ करोड पुग्ने छ ।
कम्पनीले त्यसपछि ७ प्रतिशत हकप्रद सेयर निष्कासन गरेर चुक्ता पुँजी ५ अर्ब पुर्याउने प्रस्ताव पनि गरेको छ ।

सम्बन्धित
प्रतिक्रिया