समुन्द्रले तटीय क्षेत्रको जमिन डुबाउन थालेको छ

विश्वमा उत्सर्जन बढ्दै गएपछि जलवायु प्रकोप पनि बढिरहेको छ । आज प्रकृतिको यो प्रकोपले विभिन्न रुपमा मानिसमा प्रतिकुल असर पारिरहेको छ । हाल ठूला परिवर्तनहरूको सामना गरिरहेका महासागरहरू पनि यस्तै समस्या सँग जुधिरहेका छन् । समुद्रमा देखिएका यी परिवर्तनहरूबाट तटीय समुदायहरू सबैभन्दा बढी पीडित छन् ।
संयुक्त राष्ट्रसंघले आफ्नो नयाँ प्रतिवेदनमा समयसँगै महासागरमा परिवर्तनको गति बढ्दै गएको खुलासा गरेको छ । बढ्दो तापक्रमबाट महासागरहरु पनि सुरक्षित छैनन् । समुद्रको तापक्रमले प्रतेक महिना नयाँ रेकर्ड कायम गरिरहेको छ । फलस्वरूप, विनाशकारी परिणामहरू देखा परिरहेका छन्। विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) द्वारा जारी गरिएको प्रतिवेदन अनुसार दक्षिणपश्चिम प्रशान्त क्षेत्रमा विश्वका अन्य भागको तुलनामा समुद्री सतह तीव्र गतिमा बढिरहेको छ।
यति मात्र होइन सन् १९८० यता महासागरहरू औसतभन्दा तीन गुणा छिटो तातिइ रहेका छन । फलस्वरूप, समुद्रमा लू को लहर झण्डै दोब्बर भएको छ। यी घटनाहरू पहिलेको तुलनामा निकै विनाशकारी साबित भएका छन् र यस्तो प्रकोप लामो समयसम्म चलिरहेको छ।
यससँगै बढ्दो तापक्रम र समुन्द्री सतहका कारण पहिलेको तुलनामा हावाहुरी तीव्र बन्दै गएको छ भने तटीय क्षेत्रमा बाढीका घटना बढेका छन् । प्रतिवेदन अनुसार प्रशान्त क्षेत्रले २०२३ मा बाढी र आँधी जस्ता ३४ वटा प्रकोपको सामना गरेको छ जसमा २०० भन्दा बढीको मृत्यु भएको छ । यति मात्र होइन, यी प्रकोपका कारण साढे दुई करोडभन्दा बढी मानिस प्रत्यक्ष प्रभावित भएका छन् ।
प्रतिक्रिया