शुक्रबार, असार २०, २०८२

नेप्से २७ सय ४९ बिन्दुमा कायम रहँदा ६४ अर्ब ३६ करोडको शेयर किनबेच

नेपालखोज २०८१ भदौ १४ गते १५:३४

काठमाडाैं । यस साता सेयर बजार परिसुचक नेप्से दुई हजार सात सय ४९ दशमलव ५७ बिन्दुमा सिमित भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ८९ दशमलव ७९ बिन्दुुमा सिमित भएको छ ।
धितोपत्र बजारमा यस साता तीन सय ३३ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार सात लाख ६७ हजार तीन सय १७ पटकको कारोबारमा १४ करोड ९९ लाख आठ हजार आठ सय ९५ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ६४ अर्ब ३६ करोड १० लाख ९६ हजार सात सय ३० रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा दुई अर्ब रुपैंयाँले कम हो ।

गत साता धितोपत्र बजारमा तीन सय ३७ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार सात लाख ३१ हजार छ सय ९२ पटकको कारोबारमा १४ करोड ७८ लाख ८१ हजार छ सय ९७ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ६६ अर्ब ९० करोड ४० लाख २३ हजार दुई सय ५३ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो, तेस्रो र पाँचौं दिन ओरालो लागेको शेयर बजार परिसुचक चौंथो दिन उकालो लागेको थियो । दोस्रो दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन बजार परिसुचक ७९ दशमलव ८८ अंकले ओरालो लागेर दुई हजार आठ सय ९४ दशमलव ५७ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव ५२ अंकले ओरालो लागेर पाँच सय १९ दशमलव ३४ बिन्दुमा झरेको थियो । दोस्रो दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो । तेस्रो कारोबार दिन भने बजार परिसुचक एक सय ११ दशमलव ९६ अंकले ओरालो लागेर २७ सय ८२ दशमलव ६० बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २२ दशमलव ८७ अंकले ओरालो लागेर चार सय ९६ दशमलव ४७ बिन्दुमा झरेकोे थियो । चौंथो कारोबार दिन भने बजार परिसुचक तीन दशमलव ८० अंकले उकालो लागेर दुई हजार सात सय ८६ दशमलव ४० बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६८ अंकले उकालो लागेर चार सय ९८ दशमलव १५ बिन्दुमा चढेको थियो । पाँचौं कारोबार दिन भने बजार परिसुचक ३६ दशमलव ८३ अंकले ओरालो लागेर दुई हजार सात सय ४९ दशमलव ५७ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३५ अंकले ओरालो लागेर चार सय ८९ दशमलव ७९ बिन्दुमा झरेकोे थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा हिमालयन रि–इन्स्योरेन्स कम्पनी, नेपाल फाईनान्स, पिपुल्स पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा हिमालयन रि–इन्स्योरेन्स कम्पनी, नेपाल पुर्नबीमा कम्पनी अगाडि देखिएका छन् । यसैगरी बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन ।
दैनिक सेयर कारोबार तालिका

दिनकम्पनी संख्याकारोबार संख्याकित्ता संख्याकारोबार रकम
पहिलो दिन३३३२१८५७८४२६८६६४०१९७४०५९३८००.६४
दोस्रो दिनसार्वजनिक बिदा   
तेस्रो दिन३३०२३४३६०४३८६८९७०१८६४९५३३१७०.३५
चौंथो दिन३२६१६८१७५३५००७०३९१३७२७३६८३९३.६४
पाँचौं दिन३२२१४६२०४२८३४६२४६१२२४३६०१३६५.९०
  ७६७३१७१४९९०८८९५६४३६१०९६७३०.५३

प्रतिक्रिया