शुक्रबार, जेठ ३, २०८२

‘शैक्षिक क्षेत्रको सुधारका लागि विद्यार्थी संगठनहरुले पनि योगदान दिनुपर्छ’

नेपालखोज २०८१ भदौ १५ गते १४:०१

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले शैक्षिक क्षेत्रको सुधारका लागि विद्यार्थी संगठनहरुले पनि योगदान दिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित बृहत शैक्षिक अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेपालले शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्याहरुको समिक्षा गर्दै यस क्षेत्रको सुधारका लागि विद्यार्थी संगठनहरुले पनि योगदान दिनुपर्ने बताए ।

सरकारी नीतिमा रहेका कमजोरीलाई सुधार गर्नुपर्ने बिषयमा विश्वविद्यालय, सरकार लगाएतका निकायले विशेष ध्यान दिनुपर्ने उनले बताए ।

अध्यक्ष नेपालले समयमा नै परिक्षा नहुने र समयमा नै नतिजा निकाल्न नसक्नुको कारण आफुले बुझ्न नपाएको धारणा राखे । समयसीमाप्रति गम्भीर नहुने र अपारदर्शीका बिषयमा पनि विद्यार्थी संगठनले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

उनले देशलाई सुन्दर बनाउने र नेपाल राष्ट्रको इज्जत बढाउने काम गर्न विद्यार्थीहरुलाई सुझाव दिए ।

प्रतिक्रिया