गण्डकी प्रदेशमा अब नौ मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशमा मन्त्रालय विभाजन गरेर नौवटा बनाइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बसेको मन्त्रिपरिषद् बैठकले नौवटा मन्त्रालय बनाउने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीचको सहमतिअनुसार नौवटा मन्त्रालय बनाइएको जानकारी दिँदै उनले सङ्घीय गठबन्धनअनुुसार नै अघि बढेको बताए ।
मुख्यमन्त्री पाण्डेकानुसार नौवटा मन्त्रालयमध्ये कांग्रेसले पाँच र एमाले चार मन्त्रालय लिनेछन् । प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय विभाजन गर्ने निर्णय गरिएको हो ।
मुख्यमन्त्री पाण्डेले वातावरण मन्त्रालय र स्वास्थ्य मन्त्रालयअन्तर्गत यसअघि दुई/दुुईवटा सङ्गठन संरचना रहेकाले सोहीअनुसार विभाजन गरिएको बताए ।
अब चाँडै नै एमालेका तर्फबाट चारजना मन्त्रिपरिषद्मा समावेश हुने र सङ्घीय गठबन्धनअनुसार गठबन्धन अघि बढिने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।
प्रतिक्रिया