बिहीबार, असार १९, २०८२

१२ अंकले घट्दा नौं अर्ब ६५ करोडको शेयर किनबेच

अन्तिम कारोबार दिन पनि घटेर रोकियो नेप्से

नेपालखोज २०८१ भदौ २० गते १६:१२

काठमाडाैं । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से घटेको छ । अघिल्लो दिन ९० दशमलव ७३ अंकले घटेको नेप्से आज पुन १२ दशमलव १० अंकले घटेर २७ सय २७ दशमलव ३६ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३५ अंकले घटेर चार सय ८६ दशमलव ३६ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय १६ वटा कम्पनीहरुको एक लाख १२ हजार छ सय ९२ पटकको कारोबारमा दुई करोड एक लाख ५३ हजार नौं सय ९३ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम नौं अर्ब ६५ करोड १५ लाख १३ हजार दुई सय ४६ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा दुई वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये लघुवित्त समुहको सुचक ८६ दशमलव ४१ अंकले बढेर पाँच हजार दुई सय १२ दशमलव ४० अंकमा चढेकोमा व्यापार समुहको सुचक पनि छ दशमलव ३७ अंकले बढेको छ । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक भने १० दशमलव ६९ अंकले घटेर १५ सय २३ दशमलव ९४ अंकमा झरेकोमा बिकास बैक समुहको सुचक पनि सात दशमलव ३७ अंकले घटेर पाँच हजार पाँच सय ३८ दशमलव २५ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि १८ दशमलव ६९ अंकले घटेर तीन हजार चार सय ४४ दशमलव ३९ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ३४ दशमलव १३ अंकले घटेर तीन हजार तीन सय ३८ दशमलव १७ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय दुई दशमलव २६ अंकले घटेर १३ हजार पाँच सय ९६ दशमलव ६१ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ७२ दशमलव ३७ अंकले घटेर १३ हजार सात सय ५८ दशमलव ८१ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल फाईनान्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पनि नेपाल फाईनान्स कम्पनी पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया