बिहीबार, असार १९, २०८२

पहिलो कारोबार दिन नैं घट्यो नेप्से, २५ अंकले घट्दा १० अर्बको शेयर किनबेच

नेपालखोज २०८१ भदौ २३ गते १६:००

काठमाडाैं । साताको पहिलो कारोबार दिन आईतबार नैं नेप्से घटेको छ । नेप्से आज २५ दशमलव ४६ अंकले घटेर २७ सय एक दशमलव ९० अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स छ दशमलव ६३ अंकले घटेर चार सय ७९ दशमलव ७२ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २८ वटा कम्पनीहरुको एक लाख १२ हजार तीन सय पटकको कारोबारमा दुई करोड २२ लाख ६२ हजार नौं सय २४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १० अर्ब १२ करोड २४ लाख आठ हजार दुई सय ४९ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहरुको शेयर कारोबार भएकोमा तीन वटा समुहहरुको सुुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये लघुवित्त समुहको सुचक ६३ दशमलव १० अंकले बढेर पाँच हजार दुई सय १६ दशमलव २४ अंकमा चढेकोमा उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि क्रमशः ३६ दशमलव ३६ र शुन्य दशमलव शुन्य चार अंकले बढेको छ । बाँणिज्य बैंक समुहको सुचक भने २४ दशमलव १३ अंकले घटेर १४ सय ९९ दशमलव ८१ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय १४ दशमलव ७० अंकले घटेर ५४ सय २३ दशमलव ५४ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि ४२ दशमलव ७० अंकले घटेर ३४ सय एक दशमलव १६ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि २० दशमलव २० अंकले घटेर ३३ सय १७ दशमलव ९७ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय ९३ दशमलव ४४ अंकले घटेर १३ हजार चार सय तीन दशमलव १७ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ७६ दशमलव ९१ अंकले घटेर १३ हजार पाँच सय ९१ दशमलव ५१ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा महुली लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा थ्रि स्टार हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा सिईडिबी हाईड्रो पावर लिमिटेड परेको छ ।

प्रतिक्रिया