बैकिङ प्रणालीमा एक अर्ब ५० करोड रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीमा एक अर्ब ५० करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्दती निक्षेपको रुपमा २०८१ असोज चार गतेदेखि २०८२ असोज चार गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार यसरी मुद्दती निक्षेपकोरुपमा राखिने कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि एक अर्ब २० करोड, विकास बैंकहरुको लागि २२ करोड ५० लाख र फाइनान्स कम्पनीहरुको लागि सात करोड ५० लाख रुपैयाँ छुट्याईएको छ ।
रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाइनान्स कम्पनीहरुले यही भदौ २६ गते बुधबारसम्म नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।
रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएको राष्ट्र बैंकको भनाई छ ।
प्रतिक्रिया