ग्लोबल आईएमई बैंकका कर्मचारीमा कारोना सक्रमण, शिल गर्ने तयारी
नेपालखोज
२०७७ साउन २४ गते २०:५२
लहान। लहान स्थित ग्लोबल आईएमई बैकमा कार्यरत कर्मचारीमा कारोना भाईरसको सक्रमण भेटिएको छ । स्थायी घर महोत्तरी भई लहान शाखामा कार्यरत ३० वर्षीय पुरुषमा कोरोना सक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय सिरहाले जानकारी दिएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय सिरहाका प्रमुख कृष्णदेब यादवका अनुसार केही दिन अगाडि बिरामी परेर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए ।
उपचारका क्रममा उनमा कारोना पुष्टि भएको हो । ग्लोबल आईएमई बैंकमा कार्यरत कर्मचारीमा कोरोना सक्रमण भेटिएपछि प्रहरीले बैंकलाई शील गर्ने तयारी गरेको छ । कोरोना सक्रमण जोखिम बढेदेखि सरकारले गरेको लकडाउन देखि लहानका बैंक हरुमा अत्यान्नत भीडभाडमा काम भइरहेको थियो ।
सम्बन्धित
प्रतिक्रिया