बुधबार, जेठ १, २०८२

गोङ्गबुकाे गणेशस्थान नजिकै सुटकेसभित्र भेटियो शव

नेपालखोज २०७७ साउन २५ गते १४:०६

काठमाडौं । काठमाडौं गोङ्गबुको गणेशस्थान नजिकै सुटकेसभित्र विना टाउँको शव भेटिएको छ । टाउको काटिएको अवस्थामा आइतबार विहान भेटिएको शवको सनाखत हुन सकेको छैन ।

गोङ्गबु चोकबाट गणेशस्थान जाने बाटोमा टाउ र खुट्टा विनाको शव भेटिएको थियो। शव टुक्राटुक्रा पारेर सुटकेसमा फालिएको अवस्थामा भेटिएको थियो । सुटकेसबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । शव भेटिएको सुटकेसभन्दा टाउको केही पर भेटिएको प्रहरीले जनाएको छ । शव भेटिएपछि प्रहरी उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोली घटनास्थल पुगेको थियो । शव भेटिएपछि तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो ।

उक्त शव भएकाे ठाँउबाट करिव २/३ सय मिटर टाढा प्रहरीको विशेष तालिमप्राप्त कुकरसमेत परिचालन गरि टाँउकाे र खुट्टा भेटिएकाे हाे । साे शवकाे पोष्टमार्टम गर्न पठाइएको छ ।

घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया