मंगलबार, असार १७, २०८२

हेटौंडा उपमहानगरमा भोलीदेखि निषेधाज्ञा जारी गर्न सिफारिस

नेपालखोज २०७७ साउन २५ गते १९:५७

मकवानपुर । हेटौंडा उपमहानगरसहित राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गर्न सिफारि गरिएको छ । सपछिल्लो समय मकवानपुर जिल्लामा कोरोना जोखिम बढेसँगै आउँदो साउन ३२ गतेसम्म जिल्लाका केही स्थानमा निषेधाज्ञा जारीका लागि सिफारिस गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जिल्ला सुरक्षा समितिलाई भोलि साउन २६ गते राति १२ बजेबाट लागू हुने गरी सो सिफारिस गरेको छ । सिफारिसअनुसार हेटौंडाका सबै १९ वडा र पूर्वपश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।

केन्द्रको सिफारिसलाई सुरक्षा समितिले लागू गर्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए । नेपालको मौजूदा कानूनको संक्रामक रोग ऐन, २०२० विशेष व्यवस्था गर्ने अधिकारको १ बमोजिम स्थानीय प्रशासनले आवश्यकता अनुसार आदेश दिन सक्ने व्यवस्था पनि रहेको छ ।

संक्रामक रोग ऐन, २०२० अनुसार नेपालभर वा त्यसको कुनै भागमा मानिसमा कुनै संक्रामक रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा नेपाल सरकारले सो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कार्वाही गर्न सक्छ र सर्वसाधारण जनता वा कुनै व्यक्तिहरूको समूह उपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था उल्लेख छ ।

प्रतिक्रिया